Logo

विप्लवलाइ जनार्दनकाे आग्रह: मूलधारमा आउनुस्



Spread the love

२० भदौ, दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहलाई वार्तामा आउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आग्रह गरेका छन् ।

शुक्रवार बिहान, प्रेस सङ्गठन दाङद्वारा तुलसीपुरमा आयोजना गरिएकाे पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले बन्दुक पड्काएर समाजवाद आउँदैन र समाजवादका लागि मूलधारको राजनीतिमा आउन विप्लवलाई आग्रह गरे ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अगाडि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको शर्माले बताए ।

पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो अन्य सहमति तपशील हुन्, अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रित भएर अगाडि बढ्ने नेता शर्माले बताए ।

यति बेला देशलाई ठुलो लगानीकाे आवश्यकता रहेको छ भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागिपरेकाे पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्