Logo

दशैंमा नयाँ र सुकिला नोट बाँडिने



Spread the love

१९ भदौं, काठमाडौं । विगतमा झै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट छपाउने गृहकार्य सुरु गरेको छ । दशैं आउनु एक महिना अगाडी नै राष्ट्र बैंकले कार्य सुरु गरेको हो ।

 

मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाका अनुसार कहिले र कति परिमाणमा छपाउने भन्ने नयाँ नोट टुंगो लागि सकेको छैन ।

‘आन्तरिक गृहकार्य त हुने भइहाल्यो, अरु धेरै सोचिसकेका छैनौं, यस विषयमा हामी १०, १५ दिनभित्र निर्णय गरिसक्छौं, वितरण गर्ने प्रक्रिया पुरानै हुन्छ ।’ राष्ट्र बैंकका प्रवक्ता समेत रहेका निरौलाले बताए ।

नयाँ नोटसँगै यस वर्ष ‘सुकिला नोट’ समेत पनि वितरण गर्ने निरौलाले बताउनु भयो । पुरानो प्रक्रियाअनुसार नयाँ नोट वितरण गर्ने र त्यसले अपुग भएमा पुराना तर सुकिला नोट दिएर पठाउने पनि निरौलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्