Logo

ओलम्पिक कमिटीको चुनाव तत्कालका लागि स्थगित



Spread the love

१९ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को  शुक्रवार हुने तय भएको कार्यसमिति निर्वाचन, अनिश्‍चित समयका लागि स्थगित भएको छ

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार अन्तरिम आदेश जारी भएका कारण तत्काललाई चुनाव नगर्ने बताए। ‘न्यायालयलाई सम्मान गर्नैपर्छ। अदालतले आइतबार बोलाएको छ। त्यहीँ गएर छलफल गर्छौ। त्यहीँबाट निकास निस्किएपछि यथासम्भव चाँडो निर्वाचन हुनेछ,’ श्रेष्ठले भने ।

आन्तरिक विवादमा फसेको एनओसीको मुद्दामा सर्वोच्चले मङ्गलवार निर्णय लिने क्रममा दुवै पक्षलाई छलफलका लागि आइतबार उपस्थित हुन आदेश दिएको थियो।

कमल चित्रकारले एनओसीको चुनाव तत्कालको लागि बदर गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए । न्यायाधीश टंकबहादुर मोक्तानको इजलास तत्काल चुनाव रोक्नु भन्दै दुवै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रविक्रम लाखे उठेका छन् ।

प्रतिक्रिया दिनुहोस्