Logo

नेपाल आउँदै चिनियाँ विदेशमन्त्री



Spread the love

१८ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि चीनका विदेशमन्त्री वाङ यी आइतबार नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालय  र काठमाडौँस्थित चिनियाँ राजदूतावासले वाङको भ्रमणबारे आधिकारिक जानकारी भने गराएको छैन।

आइतबार र सोमबार नेपालमै रहने वाङले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाएता पनि उनको भेटघाट र छलफलको कार्यतालिका भने सार्वजनिक भइसकेको छैन ।

शनिवार इस्लामावादमा पाकिस्तान, अफगानिस्तान र चीनको त्रिपक्षीय सहयोगको बैठकमा हुँदैछ । वाङ पाकिस्तानको इस्लामावादबाट नेपाल आउने छन् ।

प्रतिक्रिया दिनुहोस्