Logo

भारतमा विस्फोट, ९ को मृत्यु, ५० भयभीत



Spread the love

१८ भाद्र, भारत – भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् ।

पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्