Logo

औद्योगिक व्यवसाय विधेयक पारित



Spread the love

१८ भाद्र, काठमाडाैँ – प्रतिनिधिसभाले औद्योगिक व्यवसाय विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राजश्व चुहावट (अनुसान्धान र नियन्त्रण) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ सभामा पेश गरेका थिए ।

त्यसैगरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सभामा टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्