Logo

भारतीय जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु



Spread the love

१८ भदौ, बुटवल । भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार थारु दम्पत्तिको मृत्यु भएको छ । दुर्घटनामा परी  मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको रहेका छन् ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा दुर्घटना भएको हो । भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर जीप चालक भाग्न खोजेका थिए । अहिले जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्