Logo

प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ: गगन थापा



Spread the love

१८ भदौ, काठमाडौं । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा  नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई आराम गर्न दिनु पर्ने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गर्दै थापाले स्वास्थ्यले साथ नदिने प्रधानमन्त्रीलाई आराम गर्न दिनु पर्ने बताएका हुन्। थापाले संसद्को विषय समयमा बोल्दै उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरे । साथै विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नबेहोर्ने कानुन पालना गरेकोमा धन्यवाद दिए ।

संसद्मा बोल्दै थापाले संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रीपरिषदमा निहित छ र मन्त्रीपरिषदको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ। संसदीय पद्धतिमा संसदीय कामको सृजना पनि प्रधानमन्त्रीबाटै हुन्छ। प्रधानमन्त्री सेरेमोनियल जिम्मेवारी होइन, प्रधानमन्त्रीले दैनिक काम गर्नुपर्छ। पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्य बोझ बढाइएको छ।

कार्यकारी प्रमुख एकै पटक लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक दुई तीन महिनामा विदेश गएर १०/१२ दिनमा भिडियोमार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने थापाले जानकारी गराए ।

प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रियामा योगदान पुर्‍याएको तथा स्वाभिमानको लडाइँमा अथक योद्धाका रूपमा काम गरेका ओलीलाई लामो समय अभिभावकका रूपमा हेर्न चाहेको उनले बताए ।

आवश्यकता पर्दा २४सै घण्टा काम गर्न सक्छु भन्ने आओस्। तर यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्छु प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरा नबिर्सौँ।

प्रतिक्रिया दिनुहोस्