Logo

अबदेखि जुन बैङ्कको एटीएम कार्ड हो, सोही बैङ्कको एटीएम मेसिनमा मात्र चल्ने



Spread the love

१८ भदौ,काठमाडौँ । अबदेखि जुन बैङ्कको एटीएम कार्ड हो सोही बैङ्कको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधारणलाई नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले आग्रह गरेको छ ।

चिनियाँ ह्याकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैङ्क कारोबार गर्न नसकिएको बुधवार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले  सर्वसाधारणलाई जानकारी दिएको छ ।

नेप्सले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शङ्का नगर्न आग्रह गरेको छ । नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘जुन बैङ्कको कार्ड हो सोही बैङ्कको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ’ ।

नेप्सले प्रष्ट पार्दै भनेको छ ‘निक्षेपकर्ताको खातामा रहेको रकममा हृयाकिङ्ग प्रकरणले कुनै असर परेको छैन ‘ । र यस विषयमा सरोकारवालाहरुसँग छलफल जारी रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्