Logo

करेन्ट लागेर एक युवकको मृत्यु



Spread the love

१७ भदौं, काठमाडौँ l दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी २७ वर्षीय जीवन चौधरी रहेका छन् l

घर बनाउने क्रममा हाइटेन्सन लाइनको तारमा छोएर करेन्ट लाग्दा चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुरान मल्लले जानकारी दिए । उनलाई करेन्ट लाग्ने बित्तिकै अस्पताल लगिएता पनि बचाउन नसकिएको प्रहरी मल्ले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्