Logo

प्रधानमन्त्री ओलीलाई भेट्न महासचिव पौडेल सिङ्गापुर जाँदै



Spread the love

१७ भदौं, काठमाडौँ l प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि महासचिव विष्णु पौडेल आज सिङ्गापुर प्रस्थान गर्दैछन् ।

महासचिव पौडेल दिउँसो १ बजे सिङ्गापुर उड्न लागेका हुन् । महासचिव पौडेल प्रधानमन्त्री ओलीसँगै आउँदो शुक्रवार स्वदेश फर्कने कार्यतालिका छ ।

यसअघि महासचिव पौडेलसँगै उपाध्यक्ष वामदेव गौतम पनि सिङ्गापुर जाने भनिएता पनि त्यो हल्ला मात्रै भएको गौतमको निजी सचिवालयले जनाएको छ ।

गत ५ गते सिङ्गापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् । प्रधानमन्त्री ओलीको सोमबार छैटौँ चरणको प्लाज्मा फेरसिस गरिएको र भोलि अन्तिम चरणको उपचार गरी शुक्रवार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्