Logo

लागु औषधसहित पक्राउ



Spread the love

१७ भाद्र, राजविराज – प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । राजविराज नगरपालिका–२ का ४८ वर्षीय पञ्चदेव यादवलाई राजदेवी चौक नजिकैबाट प्रहरीले लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।

राजदेवी चौकमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले जाँचका क्रममा यादवलाई पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेट ट्याब्लेट ५६ चक्की, स्पास्मो प्रोक्सिभोन १५६ थान, नाइट्रेजेपान ८९ थान, डाइजेपाम ५० एम्पुल, लुपिजेस ५० थान, फेनार्गन ५० थान, डाइलेक्स दुई बोतल र नाइट्रेजेपान निट्राभेट १४६ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।

पक्राउ परेका यादवलाई सोमबार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्