Logo

ओलीको स्वास्थ्यस्थिति बुझ्न गौतम र पौडेल सिङ्गापुर जाने



Spread the love

१७ भाद्र, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मङ्गलबार सिङ्गापुर जाने भएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनिहरु मङ्गलबार दिउँसो एक बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए । स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनिहरु पनि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए । उनको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्