Logo

बेलको दुई गोलसंगै रियल बराबरीमा रोकियो



Spread the love

१६ भदौ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड र भिल्लारियल २-२ को बराबरीमा रोकिदै अंक बाँडेका छन् ।

घरेलु टोली भिल्लारियलले खेलमा दुई पटक अग्रता लिए पनि बेलले दुवै पटक बराबरी गोल फर्काएका थिए । १२औं मिनेटमा नै जिरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । तर पहिलो हाफको अन्तिम समयमा बेलले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको दोस्रो हाफमा फेरि भिल्लारियलले अग्रता बनायो । खेलको ७४औं मिनेटमा गोमेज बर्डोनाडोले गोल गर्दै २-१ गोलको अग्रता दिलाएका थिए । तर बेलले रियल मड्रिडका लागि खेलको ८६औं मिनेटमा गोल गर्दै २-२ गोलको बराबरीमा ल्याए ।

दुई गोल गरेका बेलका लागि खेलको अन्त्य भने सुखद रहन सकेन । दुई मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड खाँदै बेल मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्