Logo

राष्ट्रपति भण्डारीद्वारा तिजको शुभकामना



Spread the love
 

१६ भदौं, काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा शुभकामना दिँदै सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।

मौलिक संस्कृति संवर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन आग्रह गर्दै चाडपर्वले खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर प्रदान हुने बताउँदै राष्ट्रपति भण्डारीले यसको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यकता भएको धारणा व्यक्त गरिन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने कामना गर्दछु।’

प्रतिक्रिया दिनुहोस्