Logo

दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलियो : नवराज त्रिपाठी



Spread the love

१५ भदौं, काठमाडौँ l नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्दको माग राख्दै प्रदर्शन गरेको छ ।

नेविसंघले उक्त प्रदर्शन आज दिउँसो राजधानीको माइतीघरमा गरेको हो l पछिल्लो समय भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेकाले सो कार्य बन्द गरी प्रतिस्पर्धाको आधारमा चयन गर्न दबाब दिन खबरदारी र्‍यालीको आयोजना गरिएको नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिए ।

र्‍यालीमा सहभागीहरूले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडा बनेको भन्दै नेविसंघले खबरदारी र्‍याली निकालेको विद्यार्थी नेता नवराज त्रिपाठीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्