Logo

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य



Spread the love

१४ भदौ, काठमाडौं । सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

उनि केही दिन प्रधानमन्त्री ओलीको उपचारमा सहभागिता जनाएर अहिले काठमाडौँ फर्की सकेका छन् । सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ ।

निजी चिकित्सक डा. शाहको अनुसार , “प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उनको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध उपचार चलिरहेको छ । ” सात \ आठ पटकसम्म प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले प्रधानमन्त्री नेपाल आउन केही दिन लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्