Logo

ला लिगाको शीर्ष स्थानमा बिल्बाओ



Spread the love

१४ भदौ, काठमाडौं । स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा एथ्लेटिक बिल्बाओ उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बिल्बाओले रियल सोसियडाडलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बिल्बाओलाई जिताउन इनाकी विलियम्सले ११औं र राउल गार्सियाले २८औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा बिल्बाओ सजिलै विजयी भयो । जितसँगै शीर्ष स्थान ओगटेको बिल्बाओले तीन खेलबाट सात अंक बटुलेको छ । समान खेलबाट चार अंक बनाएको सोसियडाड नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्