Logo

ला लिगा: डिफेन्डिङ च्याम्पियन बार्सिलोना र ओसासुनाबीच प्रतिस्पर्धा हुँदै



Spread the love

१४ भदौ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार ओसासुनाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार आज बेलुका पौने नौ बजे ओसासुनाको मैदानमा सुरु हुनेछ ।

आजको खेलमा बार्सिलोनाका तीन जना मुख्य खेलाडीको उपस्थिति भने रहने छैन । पिँडाैलाको इन्ज्युरीका कारण मेस्सीले यो सिजनको कुनै पनि खेल खेलेका छैनन् भने लुइस स्वारेज र डेम्बेले पनि फिट छैनन् । नयाँ खेलाडीहरु नेटो र जुनियर फिर्पो पनि चोटकै कारण मैदानमा उत्रने छैनन् ।

आज राति ला लिगामा अन्य तीन खेलहरु पनि हुँदैछ । गेटाफेको मैदानमा डिपोर्टिभो एलाभेस तथा लेभान्ते र रियल भालाडोलिडबीच राति पाैने एघार बजे तथा रियल बेटिस र लेगानेसबीच मध्यराति पाैने एक बजे प्रतिष्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्