Logo

ट्वीटरका संस्थापककै ट्वीटर अकाउन्ट ह्याक



Spread the love

सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।  ४२ लाख फलोअर्स भएकाे डोर्सीको ट्वीटर अकाउन्ट ह्याक गरेर उनको अकाउन्टबाट नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलासा भएकाे हो ।

घटनाको जाँच जारी रहेकाे ट्वीटरले जानकारी दिएकाे छ । डोर्सीको ह्याक अकाउन्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको पनि ट्वीटरले जानकारी दिएकाे छ ।

डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी चकल स्क्वाड नामको एक समूहले लिएकाे छ । डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए । ज्याकमाथि नश्लीय टिप्पणी गर्दै केही सन्देश पनि पोस्ट गरिएको थियो । अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह पनि फैलाएका थिए । केही समयपछि भने ट्वीटरले यी सबै म्यासेजलाई डिलिट गरी सकेको छ ।

ट्वीटरका संस्थापक ज्याक डोर्सी, ट्वीटरका सीईओ पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्