Logo

सगरमाथा संवादका लागि कार्यसूची बन्याे



Spread the love

१४ भाद्र, काठमाडौं । आउँदो अप्रिल महिनामा नेपालले अन्तर्राष्ट्रिय स्तरकाे सगरमाथा संवाद गर्न लागेकाे छ । त्यस्का लागि कार्यसुचि पनि बनाएकाे छ ।  संवादका लागि निर्देशक समितिबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे संयोजकत्वमा र आयोजक समितिको शुक्रवार बसेको संयुक्त बैठकले कार्यसूची बनाएकाे हाे  ।

संवादका लागि गठन भएको सचिवालयका संयोजक कुमारराज खरेलका अनुसार बैठकबाट कार्यसूचीअन्तर्गत रहेर संवादको पहिलो संस्करणको मिति तय भएकाे छ  । अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद आउँदो अप्रिल ३ र ४ गते हुने परराष्ट्रमन्त्रालयले जनाएकाे छ ।

संवादको नेतृत्व परराष्ट्रमन्त्रालयले गरेतापनि यो सबै मन्त्रालयको आफ्नो कार्यक्रम भएकाले सहकार्यका लागि बैठकमार्फत आह्वान गरेकाे परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । “मुख्य विषय र सहायक शीर्षकमा छलफल भयोे तर ‘थिम’का बारेमा अझै स्पष्ट हुन बाँकी छ”, उनले भने, “संवादको अवधारणालाई थप प्रस्ट बनाउने आधार भने तय गरियो ।”

तयारीका रूपमा आउँदो असोज १ गते राष्ट्रिय परामर्श सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा संवादको मुख्य विषयवस्तुका विषय विज्ञलाई आमन्त्रण गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने मुद्दा के के हुन् भन्ने परामर्श राष्ट्रिय सम्मेलनले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्