Logo

नेपाली फुटबल टिमकाे बिदाइ: कुवेतलाई पराजित गरे उचित पुरस्कार दिइने



Spread the love

१३ भाद्र, काठमाडाैँ । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गतकाे खेल खेल्न नेपाली टिमलाइ बिदाइ गरिएकाे छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो ।

कार्यक्रममा, राष्ट्रका लागि जितेर आउन सदस्यसचिव रमेशकुमार सिलवालले खेलाडीलाई  शुभकामना दिए । त्यसैगरि, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘हामी ऐतिहासिक दिनमा छौँ तपाईंंहरूले राम्रो नतिजा ल्याउनु हुन्छ भन्नेमा विश्वस्त छु । सबैले राम्रो खेलेर आउनु होला भन्दै खेलाडीकाे हाैसला बढाउनका लागि नेपालले कुवेतलाई पराजित गरे उचित पुरस्कार राशि खेलाडीलाई दिइने बताए ।

तयारी राम्रो भएकाले त्यसै अनुसारको नतिजा निकाल्ने दाबी प्रशिक्षक योहान कालिनले गरे । मुख्य प्रशिक्षक कालिनले बिहीबार २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका थिए । त्यसैअनुसार नेपाली फुटबल टिम आइतबार कुवेत प्रस्थान गर्ने छ ।

फुटबलटिमकाे गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ छन् ।

डिफेन्डरमा अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल छन् ।

त्यसैगरि मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान छन्।

विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल फरवार्डमा खेल्ने भएका छन्।

योपटक नियमित कप्तान विराज महर्जन टिममा छैनन् । विराज निकै राम्रा खेलाडी हुन् तर योपटक उनलाई टिममा राख्न नसकिएकाे । मुख्य प्रशिक्षक कालिनले जानकारी दिए

विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत छन् । नेपालले कुवेतसँग उसकै भूमिमा भदौ १९ गते प्रतिस्पर्धा गर्दैछ भने २४ गते नेपालले चाइनिज ताइपेसँग उसैको भूमिमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्