Logo

रवि लामिछानेका ४८ समर्थकलाई प्रहरीले छाड्यो



Spread the love

१० भदौं, चितवन l चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरूलाई पनि आज छाडिएको छ ।

टेलिभिजन प्रस्तोता लामिछाने हिरासतमा हुँदा प्रदर्शन गर्ने क्रममा ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवन प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाका अनुसार पक्राउ परेका समर्थकहरूलाई आफन्त बोलाएर छाडिएको हो l

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की सोमबार धरौटीमा रिहा भएका हुन् । तीनै जनालाई आगामी ५ असोजमा तारेख तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्