Logo

सिरहामा २०० छात्रालाई साइकल वितरण



Spread the love

९ भाद्र, सिरहा – प्रदेश नं २ का सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित विभिन्न विद्यालयमा अध्ययनरत २०० छात्रालाई आज साइकल वितरण गरिएको छ ।

नगरपालिकाद्वारा आज कर्जन्हामा आयोजित कार्यक्रममा सो नगरपालिकाका प्रमुख गङ्गा पासवानले जनसेवा उच्च मावि कर्जन्हामा अध्ययनरत १०६ र राष्ट्रिय फुलकुमारी उच्च मावि बन्दीपुरका ९४ छात्रालाई साइकल वितरण गरे ।

सो अवसरमा उनले छात्राहरुलाई उच्च शिक्षामा आकर्षित गर्न साइकल वितरण गरिएको बताए । बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत प्रदेश नं २ सरकारले कक्षा ८ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गर्दै आएको छ । साइकल पाएपछि हर्षित बनेका छात्राले यसबाट पढाइमा थप ऊर्जा मिल्ने बताएका छन्

प्रतिक्रिया दिनुहोस्