Logo

सञ्चारकर्मी लामिछाने र कँडेलको बयान आज लिइने



Spread the love

९ भदौं, काठमाडौँ l पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलसँग आज बयान लिइने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

आइतबार न्यायाधीश हेमन्त रावलको इजलासमा कार्कीको बयान लिइएको थियो । समय अभाव भएपछि आइतबार लामिछाने र कँडेलको बयान लिन बाँकी थियो ।

त्यसैले आज दुवै जनाको बयान लिइने छ l लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्