Logo

पहिरोबाट २० परिवार विस्थापित



Spread the love

८ भाद्र, दोलखा – अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।

वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ । यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताए । विस्थापितको पुनःस्थापनाका लागि शैलुङगेश्वर गाउँपालिकाका अध्यक्ष भरत दुलालले सरोकारवाला निकायसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्