Logo

प्रधानमन्त्रीको उपचार सुरु, स्वास्थ्यमा सुधार



Spread the love

८ भाद्र, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारबाट स्वास्थ्य उपचार सुरु भएपछि उनकाे स्वास्थ्यमा सुधार भएकाे छ।

मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओलीकाे मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । प्लाज्मा फेरेसिस् उपचार पद्दतिबाट उनकाे उपचार भइरहेकाे र अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले  बताए ।

शुक्रबारदेखि पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिचिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ ।

प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको उपचारका लागि अझै केही समय लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्