७ भदौ, काठमाडौं । एसीसी यू १९ एसिया कप क्रिकेटको लागि नेपाली युवा टोली शनिबार श्रीलंका प्रस्थान गरेको छ । भदौ १९ गतेदेखि २८ गते सम्म आयोजना हुने खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा युवा टोली त्यसतर्फ गएको हो ।
नेपाली टोलीले एसिया कप अगाबै ३ वटा अभ्यास खेल खेल्ने छ । भदौं २० गते आयोजक श्रीलंकासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।
टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पिताम्बर तिम्सिनाले बिदाइ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्