Logo

नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको सांसद देवको आरोप



Spread the love

६ भदौं, काठमाडौँ l नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको नेपाली काँग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले बताएका छन् l

आजको राष्ट्रियसभाको बैठकमा सहभागिता जनाउँदै सांसद देवले छिमेकी मुलुकहरूले आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपालले हित अनुकूल कुरा राख्न नसकेको आरोप लगाए ।

नेपालको राष्ट्रिय सहमतिका साथ काश्मीर विवादलाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सांसद देवले भने, ‘नजिकबाट नियाल्दै छौँ हामी भनेर परराष्ट्र मन्त्रीज्यूले भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ। कहिलेसम्म नियाली राख्ने? आँट छ भने यो सरकारले बोलोस्। के बोल्छ बोलोस्, अनि नेपाली काँग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

भारतलाई किनारा लगाएर उत्तरतर्फमात्र सम्बन्ध बनाउने काममा सरकार लागेको भन्दै काँग्रेस सांसद देवले भने, ‘नेपालले १९५० को सन्धि पुनरावलोकन प्रस्ताव किन राख्न सकेन ?’

राष्ट्रियसभाको बैठकमा सत्तारुढ दलका सांसदहरूले भने बाढी–पहिरो क्षेत्रमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्