Logo

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता



Spread the love

५ भाद्र, छेन्दु – चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको संख्या ९ पुगेको छ ।

स्थानीय अधिकारीले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी अन्य ३५ जना बेपत्ता भएकाको खोजीकार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए ।

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् । .

बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरू भएको प्राकृतिक प्रकोपबाट अन्य ६ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए ।

विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताले जनाएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकालाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तु पुर्याउँदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् ।

स्थानीय अधिकारीले अप्ठ्यारोमा परेका पर्यटकको उद्धार तथा व्यवस्थापनका लागि विशेष पहल गरिरहेको जनाएका छन् । अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्