Logo

पाँचौं स्थानका लागि नेपालले अफगानिस्तानको सामना गर्ने



Spread the love

५ भदौ, काठमाडौं । एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पाँचौं स्थानका लागि समूह चरणबाट बाहिरिसकेको नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार समूह ‘ए’को पुछारमा रहेको नेपालले पाँचौ र छैटौं स्थानको खेलका लागि अफगानिस्तानको सामना गर्ने भएको हो । समूह ‘बी’मा रहेको अफगानिस्तान समूहको तेस्रो स्थानमा रहेको हुनाले पाँचौं वरियताका लागि खेल्ने मौका पाएको हो । तीन टोली रहेको समूहमा दुवै खेल हारेपश्चात नेपाल स्वतः तेस्रोमा रहेको थियो ।

नेपाल र अफगानिस्तानबीच एक सातामा तेस्रो पटक खेल हुन लागेको हो । च्याम्पियनसिप अघि बुधबार र बिहीबार नेपाल र अफगानिस्तान बीच दुई मैत्रीपूर्ण खेल भएका थिए । नेपालले दुवै खेलमा अफगानिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्