Logo

रोहितको कप्तानीमा यू-१९ एसिया कपका लागि अन्तिम टोलीको घोषणा



Spread the love

५ भदौ, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपका लागि अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने प्रतियोगिताको लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङले स्थान बनाउँदा यू-१६ का कप्तान विशालविक्रम केसी र तिलक भण्डारी टोलीमा अटाएका छैनन् ।

नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले पहिलो खेल भदौं २० गते आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपाली टोली :

१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

प्रतिक्रिया दिनुहोस्