Logo

स्वास्थ्य परीक्षण नगरी खसी बोका नेपाल ल्याउन पाइँदैन : मन्त्री खनाल



Spread the love

४ भदौं, काठमाडौँ l कुनै पनि हालतमा स्वास्थ्य परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले बताएका छन् l

आज काठमाडौँमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माणसम्बन्धी कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री खनालले भने, ‘संसारभरिका रोग हुल्ने गरी स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ ।’

नेपाल विश्व स्वास्थ्य सङ्गठनको राष्ट्र भएकोले खसी बोका आयातमा प्रतिबन्ध नलगाएको बताउँदै मन्त्री खनालले देशमा स्वस्थ र निरोगी खसी बोका मात्र ल्याउन दिने बताए ।

निरोगिताको प्रमाणपत्रका आधारमा खसी बोका आयात गर्न आग्रह गर्दा केही व्यवसायीले अवरोध गर्न खोजेको मन्त्री खनालको भनाइ थियो ।

मन्त्री खनालले भने, ‘दशैँमा त देख्लास् भनेका छन् l मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौँ, त्यसैमा जोड गर्नु पर्ला भनेको छु ।’

आफ्नो उत्पादन प्रयाप्त भए खसी बोका ल्याउन नपर्ने भएकोले आफैँ उत्पादनमा जोड दिएर स्वस्थकर खान सकिने मन्त्री खनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्