Logo

भारतसँग नेपालको लज्जास्पद हार



Spread the love

४ भदौ काठमाडौं । साफ यु–१५ फुटबल च्याम्पियनसिपमा आयोजक भारतसँग फराकिलो हार भोगेको छ । बुधबारबाट भारतको कल्याणीमा सुरु भएको साफ यु–१५ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा भारतसँग ५–० को भारी अन्तरले पराजित भएको हो ।

नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो । निकै कमजोर देखिएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे । अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरेका थिए ।

नेपालले कुनैपनि समय भारतको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा पहिलो खेलमा ५–० को फराकिलो अन्तरले पराजित हुनु पर्यो ।

नेपालले अब शुक्रबार श्रीलंकाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्