Logo

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटे भारतीय विदेशमन्त्री एस जयशंकरले



Spread the love

४ भदौं, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरबीच भेटवार्ता भएको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागिता जनाउन आज मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । आज नै आयोगको बैठक आरम्भ हुँदैछ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा वार्तालाप हुनेछ । बैठक आज र भोलि हुनेछ l भोलि भारतीय विदेशमन्त्री जयशंकरको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्