Logo

नेकपा सचिवालय बैठक ३ बजेसम्मका लागि स्थगित



Spread the love

४ भदौं, काठमाडौँ l आज डाकिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ l उक्त बैठक तीन बजेसम्मका लागि स्थगित भएको हो l

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नेताहरूको कार्यविभाजबारे छलफल भइरहेको छ । बिहान एघार बजेका लागि डाकिएको सचिवालय बैठक तयारी नपुगेको भन्दै दिउँसो तीन बजेका लागि स्थगित भएको नेकपा सचिवालयले जनाएको छ ।

दुई अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुङ्गो लगाउने, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन, स्वास्थ्य उपचारका लागि प्रधानमन्त्रीको भोलिदेखि हुने सिङ्गापुर भ्रमणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको फरक मतका विषयमा समेत दुई अध्यक्षबीच वार्तालाप हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्