Logo

नेपालको सबैभन्दा ठुलो दिवस संविधान दिवस हो : प्रधानमन्त्री ओली



Spread the love

४ भदौं, काठमाडौँ l संविधानलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दस्ताबेज भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

आज संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । संविधान ल्याउनका लागि अग्रजको सङ्घर्ष र बलिदानको महत्त्वपूर्ण देन रहेको प्रधानमन्त्री ओलीले बताए l

उनले भने, ‘जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग हो संविधान, हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौँ । त्यस कारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।’

संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको पनि प्रधानमन्त्री ओलीले बताए l उनले भने, ‘संविधान सहमतिको दस्ताबेज हो । यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पूरा गर्दैन तर बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ l संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।’

संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकाले यसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइएको प्रधानमन्त्री ओलीले बताएका छन् l

उनले भने, ‘संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनुपर्छ l यो नेपालका सबै दिवसभन्दा ठुलो दिवस हो । यसले वर्ग वा समुदायलाई मात्र हैन, देशका सम्पूर्ण वासिन्दालाई समेट्ने भएकाले यसलाई व्यापक रूपमा मनाउनुपर्छ । घरघरमा दिपावली मनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्