Logo

नेपाल आउँदै भारतीय विदेशमन्त्री जयशंकर



Spread the love

४ भदौ, काठमाडौँ । बुधवार र बिहीबार बस्ने  नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् ।

आज मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । बैठक सुरु हुनुभन्दा अगाडि नै उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् र त्यसपश्चात् दिउँसो तीन बजे होटेल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता गर्ने तय भएको छ ।

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेन्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्