Logo

गाँजासहित पाँच जना पक्राउ



Spread the love

३ भाद्र, मकवानपुर – मकवानपुर प्रहरीले आज दुई फरक स्थानबाट १०२ किलोग्राम अवैध लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध गाँजा ८१ किलो ७६० ग्राम पोकोपारी गाडी कुरेर बसेका सप्तरी, डाक्नेश्वरीका ४० वर्षीय घुरन साहलाई मकवानपुरको राक्सीराङ गाउँपालिकाको पलासे खोला नजिकबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार सिंहको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले आजै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको एच आर ५१ एल २४४१ नम्बरकोे भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रमा २१ किलो ५०० ग्राम लागुऔषध गाँजा फेला पारी सो गाँजासहित भारतीय नागरिक कार चालक मेतीहारीका २५ वर्षीय मुकेश सहनी, सोही स्थानका २५ वर्षीय राजकुमार, भारत चिन्तापुरका ओमप्रकाश चौधरी र नेपाली नागरिक पर्सा जिल्लाका जीतेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वमा रहेको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्