Logo

ओली, प्रचण्ड र देउवालाई फेसबुकमा खुकुरी देखाउँदै काट्छु भन्ने पक्राउ



Spread the love

३ भदौ, काठमाडौं । फेसबुकमा खुकुरी देखाएर भिडियो बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय सागर मैनाली रहेका छन्।

सोमबार उनलाई महानगरीय प्रहरी अपराध महाशाखा र इलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गरेको हो। उनले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई फसाउन खोजेको भन्दै भिडियोमा अश्लील गाली समेत गरेका थिए ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्