Logo

पार्टीमा माना पाथी जोखे जस्तो सबै कुरा मिल्दैन : रक्षामन्त्री पोखरेल



Spread the love
 

३ भदौं, काठमाडौँ l माना पाथी जोखेजस्तो पार्टीमा सन्तुलन नमिल्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बताएका छन् l

नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नम्बर ५ ले आज राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै उपप्रधानमन्त्रीसमेत रहेका पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन् ।

नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले भने, “प्रक्रियाबाट नमिलेका कुराहरू मिलाउँदै जाने हो । एकैचोटी माना पाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरू भोलि व्यवहारमा मिलाउँदै जाने हो ।”

मन्त्री पोखरेलले दुई पार्टी मिलेर एउटै पार्टीको निर्माण भएकोले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै छिट्टै काठमाडौँ जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाएका छन् । काठमाडौँ अन्र्तगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्