Logo

ज्योतिषहरूलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने सांसद विश्वकर्माको माग



Spread the love

३ भदौं, काठमाडौँ l ज्योतिषहरूलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग सांसद विमला विश्वकर्माले गरेकी छन् l

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद विश्कर्माले ज्योतिषीको पढाइ विद्यालयदेखि पीएचडीसम्म हुने गरेको भन्दै अरू विषयको जस्तै अध्ययनपश्चात् लाइसेन्स दिएर व्यवस्थित गर्न माग गरेकी हुन् ।

उनले भनिन, “अरू विषय पढेकाले लाइसेन्स लिएपछि मात्र आफ्नो पेसा व्यवसाय गर्न पाउँछन् । तर ज्योतिषले हालसम्म लाइसेन्स वा अधिकारपत्र बेगर आफ्नो पेसा व्यवसाय गरिरहेका छन् । यो काम यथाशिघ्र व्यवस्थित गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद विश्कर्माले ज्योतिषी पेसा गर्नेहरूले एक महिनमा लाखौँ कमाएता पनि उनीहरूको निगरानी कुनै पनि निकायले नगरेको बताइन् ।

सांसद विश्वकर्माले कुनै निकायले निगरानी नगर्दा थुप्रै विकृति आइरहेको भन्दै निश्चित योग्यता पुगेका ज्योतिषहरूलाई लाइसेन्सको व्यवस्था गर्न सके राज्यले करोडौं राजस्व उठाउन सक्ने तर्फ ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्