Logo

सांसद खतिवडाको प्रश्न- किन पशुको स्वास्थ्य जाँच गरिएन्?



Spread the love

३ भदौं, काठमाडौँ l काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको नेकपाका सांसद विरोध खतिवडाले बताएका छन् l

वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैँसी नभित्रिएता पनि उपत्यकामा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रने गरेको सांसद खतिवडाले दाबी गरे l

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद खतिवडाले भने, ‘काठमाडौँमा ममचा छोयलाको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’

वीरगञ्ज नाकाबाट रागाभैंसी ल्याउँदा प्रतिगोटा ८ सय ५६ रुपैयाँ राजस्व समेत जम्मा हुन छोडेको बताउँदै उनले भने, ‘पशु क्वारेन्टाइनले रागाभैसीको सिँगान पुछेर पठाउँथ्यो,त्यो पनि गरेको छैन । तर काठमाडौँमा राँगाभैसीको अभाव छैन । यसको मतलब त्यो चोरीबाटोबाट आएको छ । पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’

सांसद खतिवडाले सरकारको ध्यानाकर्षण सो विषयमा गराउँदै राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुर सहित कैयौँ जिल्लाको नाम छाडेर १२,१३ जिल्ला प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पूर्ण प्रतिवेदन भन्न नमिल्ने बताएका छन् l

 

प्रतिक्रिया दिनुहोस्