Logo

एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुँदै



Spread the love

३ भदौ, काठमाडौं । राजधानीमा जारी एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो दिन आज तीन खेल हुँदैछ ।नेपाली सेनाको कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेश र अफगानिस्तान भिड्ने छन् । खेल ३ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले पहिलो खेलमा पराजय व्यहोर्नु परेकोले आजको खेलमा जित निकाल्ने रणनीतिमा रहेको छ । आजै समूह ‘बी’ को पहिलो खेलमा जित हात पारेका तुर्केमिनिस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल ५ बजेबाट सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहने छन् ।

यस्तै आजको अन्तिम खेलमा भिड्न लागेका समूह ए का कीर्गिस्तान र माल्दिभ्सबीचको खेलले नेपालको आगामी यात्रालाई असर पार्नेछ।  किर्गिस्तान र माल्दिभ्स साँझ ७ बजे प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्