Logo

सञ्चारकर्मी लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेस



Spread the love

३ भदौं, चितवन l चितवन प्रहरीले सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजन सिधाकुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न अदालतमा पेस गरेको छ ।

यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो । तर अनुसन्धानका लागि अझै समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत पेस गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्