Logo

नेपाल एकदिवसीय र टी-२० क्रिकेट बरियतामा यथावत



Spread the love

३ भदौ, काठमाडौं । नेपाल एकदिवसीय र टी-२० क्रिकेट बरियतामा यथावत रहेको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सार्वजनिक गरेको विश्व बरियतामा नेपाल दुबै फर्म्याटमा यथावत रहेको हो ।

एकदिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा छ भने टी-२० क्रिकेटमा ११औं स्थानमा छ । एकदिवसीय क्रिकेटमा नेपालभन्दा तल यूएई १६औं स्थानमा रहेका छन् ।

एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा भने विश्वविजेता इंग्ल्यान्ड रहँदा दोस्रो स्थानमा भारत रहेको छ भने तेस्रो स्थानमा न्युजिल्यान्ड रहेको छ ।

टी-२० बरियतामा भने नेपालभन्दा तल दुई टेष्ट नेशन राष्ट्र छन् । टी-२० क्रिकेटको शीर्ष स्थानमा भने पाकिस्तान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्