Logo

मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा



Spread the love

३ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन९डिपीआर०का लागि भारत र चिनियाँ कम्पनीबिच प्रतिस्पर्धा सुरु भएको छ ।

लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्याङ्कन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

चारवटा प्रस्तावमध्ये दुईवटाको मूल्याङ्कन गर्दा उपयोगी देखिएकाले मूल्याङ्कन प्रतिवेदन बोर्डमा पेस गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

अहिले डिपीआरका लागि राइट्स(रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबिच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्