Logo

जम्मु–काश्मीरबारे नेपालको धारणा नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली



Spread the love

३ भदौ, काठमाडौँ । भारत सरकारले दुई साताअघि जम्मु काश्मीरको विशेष दर्जा समाप्त गरेपछि उत्पन्न परिस्थितिबारे नेपाल सरकारले आलोचनासहित स्पष्ट धारणा बाहिर ल्याउनुपर्ने माग केही पक्षबाट भइरहेका बेला परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपाल शान्ति र स्थिरताको पक्षमा रहेको बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले जम्मु काश्मीरको विषयलाई नजिकबाट नियालिरहेको बताउँदै भने, ‘नेपाल छिमेकीको शान्ति र स्थिरता चाहन्छ, भारतले त्यसमा पहलकदमी लिनेछ भन्ने लागेको छ ।’ भारतीय विदेशमन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री ज्ञवालीले दुई राष्ट्रको समस्या वार्ताबाट होस् भन्ने चाहना नेपालको रहेको बताए ।

‘हजारौँ नेपाली त्यहाँ भएकाले त्यसको विषयमा भारतस्थित नेपाली दूतावास भारत सरकारसँग सम्पर्कमा छ,’ उनले भने, ‘समस्या आउँदा दुई देशले वार्ताबाट शान्तिपूर्ण हल गरिनुपर्छ भन्ने पक्षमा हामी छौँ । सार्क सङ्गठनका अध्यक्षका रूपमा पनि नेपालले राखेको धारणा एउटै छ, हामी क्षेत्रीय शान्तिका पक्षमा छौँ ।’ याे समाचार आजकाे राजधानी दैनिकमा निराजन पाैडेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्