Logo

सङ्घीयता सफल हुन्छ: मन्त्री पण्डित



Spread the love

३ भाद्र, काठमाडाैँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको सङ्घीयताको अभ्यास अन्य देशको भन्दा फरक शैलीको भएको र आफ्नै तरिकाले हुर्किँदै गएकोले विस्तारै सफल हुने विश्वास व्यक्त गरेका छन् ।

एशिया मिडिया फोरम र सङ्घीय मामिला मन्त्रालयद्वारा यहाँ आयोजित ‘सङ्घीयताको अभ्यासमा सुसूचीत नागरिकका लागि मिडियाको सहभागिता’ विषयक तीनदिने गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री पण्डितले भने, “संविधान जारी गरेर सङ्घीयता कार्यान्वयन गरिसक्याैँ र सिक्दैछाैँ ? सङ्घीयता बच्चै छ, विस्तारै हुर्किंदैछ ।” कार्यान्वयनकै अवस्था भएको हुनाले सङ्घीय व्यवस्थालाई सफल पार्नका लागि प्रतिक्षा गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री पण्डितले भने, “विवाह गरेको नयाँ जोडी चिटिक्क परेको हुन्छ, फोटो खिचुँखिचुँ लाग्छ, तर सुत्केरी महिला र भर्खर जन्मेको बच्चा चिटिक्क परेको हुँदैन, त्यसका लागि प्रतिक्षा गर्नुपर्छ, सङ्घीयता पनि त्यस्तै हो ।”

तीन दिनसम्म चल्ने गोष्ठीमा सङ्घीयताको अभ्यासमा नागरिकको सुसूचीतमा मिडियाको कस्तो भूमिका हुनुपर्छ भन्ने विषयमा सङ्घीयताको ज्ञाता, कानूनविद्, गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिकाका प्रमुखलगायतको सिकाइ, काम गर्न कठिनाइ र अनुभव सुनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्