Logo

एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको खराब सुरुवात



Spread the love

२ भदौ, काठमाडौं ।एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अन्तर्गत नेपाल पहिलो खेलमा नै पराजित भएको छ । सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी कीर्गिस्तानसंग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल २५–२३, २५–२२ र २५–२२ ले पराजित भयो । उपाधिको बलियो दाबेदार किर्गिजस्तानले नेपालमाथि सुरुवातदेखि नै दबाब बनाएको थियो ।

नेपाली टिमले पहिलो सेटमा खासै राम्रो खेल्न सकेन । जसले गर्दा नेपालले पहिलो सेट २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा पनि नेपाल २२–२५ ले पराजित हुन पुग्यो । त्यस्तै,अन्तिममा किर्गिजस्तानले २५–२२ ले जित्न सफल भयो ।

यो जितसँगै किर्गिजस्तान एक खेल अगाबै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्